पिपुल्स पावरको आइपिओ बाँडफाँटको मिति तय

काठमाडाैं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँट हुने मित तय भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार बाँडफाँट आगामी आइतबार हुने भएको छ ।
बाँडफाँट क्यापिटलकै कार्यालय कमलादी,काठमाडौंमा दिउँसो २ बजे तय भएको क्यापिटलले जनाएको छ । उक्त आइपिओमा मागभन्दा .९३ गुणा बढी आवेदन परेकोले बाँडफाँट गोलाप्रथाबाट हुने छ ।
कम्पनीले कम्पनीले साउन ३१ गतेबाट आइपिओ निष्काशन गरेको हो । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ बिक्री खुला गरेको हो ।
जसमा ५५ अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सर्वसाधारणलाई निष्काशित गरेको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया