कांग्रेसले माग्यो १०० सिट, अरु कसले कति ?

काठमाडौं । सत्ता गठबन्धनमा दलहरूले आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश गरेका छन् ।
बिहीबार सिट बाँडफाँटका लागि बनेको कार्यदलको बसेको बैठकमा गठबन्धनमा रहेका पाँच दलले आ–आफ्नो दाबी राखेका हुन् ।
कार्यदलका सदस्यसमेत रहेका राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार कांग्रेसले १०० सिट मागेको छ ।
यस्तै, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ ।
‘कुन दलको कस्तो स्थिति कस्तो छ भन्ने छलफल गरेर एउटा टुंगोमा पुग्नेछौं,’ बालुवाटारमा बसेको बैठकपछि जानकारी दिँदै उनले भने ।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित कदमका विषयमा पनि छलफल भएको बताइएको छ ।
राष्ट्रपतिले पूर्वप्रधानसेनापति लगायतसँग गरेको भेटघाट क्षेत्राधिकारभन्दा बाहिरको भएको गठबन्धनमा आबद्ध नेताहरूले बताएका छन् ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया