कांग्रेसले माग्यो १०० सिट, अरु कसले कति ?
काठमाडौं । सत्ता गठबन्धनमा दलहरूले आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश गरेका छन् ।
बिहीबार सिट बाँडफाँटका लागि बनेको कार्यदलको बसेको बैठकमा गठबन्धनमा रहेका पाँच दलले आ–आफ्नो दाबी राखेका हुन् ।
कार्यदलका सदस्यसमेत रहेका राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार कांग्रेसले १०० सिट मागेको छ ।
यस्तै, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ ।
‘कुन दलको कस्तो स्थिति कस्तो छ भन्ने छलफल गरेर एउटा टुंगोमा पुग्नेछौं,’ बालुवाटारमा बसेको बैठकपछि जानकारी दिँदै उनले भने ।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित कदमका विषयमा पनि छलफल भएको बताइएको छ ।
राष्ट्रपतिले पूर्वप्रधानसेनापति लगायतसँग गरेको भेटघाट क्षेत्राधिकारभन्दा बाहिरको भएको गठबन्धनमा आबद्ध नेताहरूले बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया