NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

प्रचण्डको दाबी : भदौ १५ सम्म सिट बाँडफाँटको टुंगो लाग्छ

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलभित्र सिट बाँडफाँटमा कुनै समस्या नभएको जिकिर गरेका छन् ।

उनले बाहिर हल्ला गरिएजस्तो सिट बाँडफाँटमा कुनै समस्या नदेखिएको भन्दै १५ भदौभित्र निष्कर्षमा पुग्ने दाबी गरे ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘बाहिर हल्ला भएकोजस्तो गठबन्धनभित्र सिट बाँडफाँटमा सकसपूर्ण अवस्था छैन । १५ भदौभित्र हामी यो विषय टुंग्याउँछौं ।’

त्यस्तै उनले राष्ट्रपतिको कदम स्वभाविक नदेखिएको बताएका छन् । संसदले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक फिर्ता पठाउने, सेनाका अधिकारीसँग भेटघाट गर्ने काम राष्ट्रपतिबाट भइरहेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरे ।

ताजा अपडेट

नेपालवाच विशेष