बालेनको अभियान जारी : खाली गराए राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ
काठमाडौं । अवैध रुपमा बनेका संरचना हटाउने अभियानमा रहेका काठमाडौं महानगरपालिका मेयर बालेन शाहले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएका छन् ।
मेयर शाहको निर्देशनमा महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरू हटाएका छन् ।
घर तथा भवन बनाउने क्रममा नक्सा पास गर्दा पार्किङ रहने भने पनि ती ठाउँमा व्यापारलगायत गर्ने गरेको पाइएपछि महानगरले ती संरचना हटाउन थालेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया