बेलायतमा नेपाली नर्सको तलब मासिक ४ लाख, यस्तो छ छनोट प्रक्रिया
काठमाडौं । बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख रूपैयाँसम्म पारिश्रमिक पाउने भएका छन् । त्यहाँको कानूनअनुसार लाइसेन्स लिएपछि नेपाली नर्सले वार्षिक ४८ लाख रूपैयाँ (२७ हजारदेखि ३२ हजार पाउण्ड) सम्म तलब पाउने नेपाल र बेलायत सरकारबीच सम्झौता भएको छ ।
श्रम मन्त्रालयका अनुसार, बेलायतको नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएचएस) मा दर्ता भएपछि मात्रै यो तलबसुविधा पाइनेछ ।
‘यहाँबाट सहायक स्वास्थ्यकर्मीका रूपमा छनोट हुन्छ । बेलायतको नर्सिङ काउन्सिलबाट पास भएपछि मात्रै दर्तावाल नर्स भइन्छ,’ मन्त्रालयका सहायक प्रवक्ता थानेश्वर भुसालले भने ।
नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका २० देखि ४५ वर्ष उमेर समूहका नर्स भर्ना प्रक्रियामा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धा गर्न आईईएलटिएसमा औसत ७ र ओइटीमा ‘बी’ अंक ल्याउनुपर्छ । छनोट भएर गएका स्वास्थ्य हेरचाहकर्मीले बेलायत पुगेको ८ महिनाभित्र स्वास्थ्यसँग सम्बन्धित व्यावहारिक वस्तुपरक परीक्षा उत्तीर्ण गर्नुपर्छ । यसका लागि तीनपटकसम्म परीक्षाको मौका दिइनेछ । तीनैपटक रद्द हुन नसके भिसा रद्द हुने भुसालले बताए । त्यसरी दर्तावाल नर्सले सीप र क्षमताका आधारमा ५ वर्ष वा त्योभन्दा बढी अवधि काम गर्न पाउनेछन् । भर्नाको प्रक्रिया अनलाइनबाट हुनेछ, कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया