स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना हुँदा स्कुटर चालक शङ्खरापुर नगरपालिका–५ पालुवारी घर भएका ३५ वर्षीय बालकुमार कटुवालको गएराति मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते भएका कटुवालको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एकजना र मोटरसाइकल चालकको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा र मोटरसाइकलमा सवार अर्का एक जनाको भने नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया