कमेडियन अपूर्व क्षितिजले किन मागे माफी ?

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहले आफ्नो स्ट्यान्डअप कमेडीका कारण नेवा समुदायमाथि असर परेको भन्दै माफी मागेका छन्। उनकाे कमेडी क्याफे नामक कमेडी शोमा गरेको कमेडीका नेवा समुदायमाथि प्रहार भएको भन्दै विरोध भइरहेकाे छ।
उनले गरेको कमेडिमा नेवा समुदायको भाषा, खाना, महिला, तथा संस्कृतिमाथि प्रहार हुने गरी व्यंग्य गरेकाे देखिएकाे छ । सोही व्यंग्य गरेको प्रति उनले माफी मागेका हुन् ।
शनिबार उनले फेसबुकमार्फत गल्ती भएको भन्दै स्टाटस लखेका थिए । स्टाटसपछि उनले चार मिनेटको भिडियो बनाएर माफीसमेत मागेका थिए । विरोध भएपछि आफूले सामाजिक सञ्जालबाट सबै भिडिओ हटाएको उनले बताएका छन् ।
व्यंग्य प्रहार भएको भन्दै नेवा अभियन्ताले उनीमाथि शनिबार जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा ८५ जनाले जाहेरी दिएका छन् । जाहेरीमा मतियार बनेकालाईसमेत कारबाही गर्न माग गरिएको छ। सिंहको स्ट्यान्डअपको भिडियो कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको थियो।
प्रतिक्रिया