NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

कमेडियन अपूर्वलाई दश दिन थुनामा राख्न अनुमति

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई जिल्ला प्रशाजि कार्यालयले दश दिन थुनमा राख्न अनुमति दिएको छ । सिंहलाई थुनामा राखी अनुसन्धान गर्न जि.प्र.कले जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।

सिंहविरूद्ध नेवा समुदायको संस्कृति, भाषा तथा रहनसहनलाई लिएर व्यंग्य गरेको भन्दै अभियान्ताहरूले जाहेरी दिएका थिए । कारवाहीको मागदाबी गर्दै परेको जाहेरी उपर उनलाई प्रहरीले पक्राउ गरेका थियो ।

युटुबमा अपलोड भएको ‘नेवारको परम्परा’ शिर्षकको उक्त भिडियोको सर्वत्र आलोचना भएपछि सिंहले आम माफी मागेका थिए । तर, माफी मागेपनि अभियान्ता सामु उनको केही लागेन ।