बयानका लागि सिंहदरबार पुगे चोलेन्द्र
काठमाडौं । सत्तासाझेदार दलले महाभियोग लगाएपछि निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बयानका लागि संसदीय समितिसमक्ष प्रस्तुत भएका छन् ।
महाभियोगबारे छानबिन गर्न गठिन संसदीय समितिले बुधबार उपस्थितिका लागि बोलाएकामा उनी बैठक सुरु हुनुपूर्व सिंहदरबार पुगेका हुन् ।
सिंहदरबारभित्रको पुरानो प्रतिनिधिसभाको मूल गेटबाट प्रवेश गरेका जबरालाई संसद् सचिवालयका मर्यादापालकले सुरक्षा प्रदान गर्दै महासचिवको कार्यकक्षनजिक राखेका छन् ।
अहिलेसम्म बैठक भने सुरु भएको छैन ।
सत्तासाझेदार दलले गत फागुन १ गते जबराविरुद्ध महाभियोग दर्ता गरेपछि उनी निलम्बित छन् । महाभियोगलगत्तै प्रक्रिया थाल्नुपर्नेमा साढे पाँच महिनापछि मात्रै छानबिन समिति गठन गरिएको थियो । समितिले चोलेन्द्रबारे आफैं र सार्वजनिक सूचना जारी गरेर प्रमाण संकलन गरिसकेको छ । नेपाल बार एसोसिएसनले मात्रै १४ वटा प्रमाण पेस गरेको छ । त्यसैगरी अन्य संस्था र व्यक्तिबाट पनि १० वटा प्रमाण उपलब्ध भएको छ ।
जबराले आजको संसदीय समितिमा तिनै प्रमाणको सामना गर्नेछन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया