काठमाडौं ४ मा लड्दै आएका गगन थापा कास्की १ बाट उम्मेदवार !

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले लगातार दुईपटक काठमाडौं ४ बाट चुनाव जित्दै आएका छन् ।
४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा पनि थापा काठमाडौं ४ बाट उठ्ने तयारीमा छन् । तर थापालाई कास्की १ बाट उम्मेदवार बनाउन निवेदन परेको छ ।
कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले थापालाई कास्की १ बाट चुनाव लडाउनका लागि पार्टीको जिल्ला कार्यसमितिमा निवेदन हालेका हुन् ।
अर्को व्यक्तिले वारेशनामार्फत् उम्मेदवारी दिन पाउने व्यवस्था बमोजिम ढकालले थापालाई उम्मेदवार बनाउन माग गर्दै निवेदन दर्ता गराएका हुन् । यो प्रारम्भिक आवेदन हो । नेताहरूले आफूले उठ्ने सम्भावित क्षेत्रमा निवेदन दिदैं आएका छन् । तर काठमाडौं ४ बाटै उठ्न निवेदन दिएका थापाको माग कास्कीमा पनि भएको हो ।
गगगनले २०७४ मा एमालेका राजन भट्टराईलाई पराजित गरी चुनाव जितेका थिए । थापा ३४१८ मतले विजयी भएका थिए ।
थापाको माग भएको कास्की १ बाट भने एमालेका खगराज अधिकारीले कांग्रेसका यज्ञबहादुर थापालाई १३४१६ मतान्तरले पराजित गरेका थिए । यसपटक थापासहित जीवन परियार पनि यो क्षेत्रबाट प्रतिनिधिसभाका दाबेदार हुन् ।
प्रतिक्रिया