२४ घण्टाभित्र कर तिर्न फनपार्कलाई महानगरको आग्रह, नतिरेमा शिलबन्दी गरिने चेतवानी
काठमाडौं । काठमाडौं महानगरपालिकाकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फनपार्क प्रालिलाई २४ घण्टिभत्र सम्पूर्ण बाँकी रकम र सो को लाग्ने जरिवनासमेत बुझाउन २४ घण्टे अल्टिमेटम दिएइको छ ।
बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।
तोकिएको समयभित्रमामा कर नतिरे फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह अशुल उपर गरिने चेतावनी महानगरले दिएको छ ।
फन पार्कले महानगरलाई तिर्नुपर्ने ‘व्यवसाय कर र बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले बाध्य भएर सूचना जारी गर्नुपर्ने अवस्था सिर्जना भएको महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया