१६५ मा कांग्रेसले ८८ सिट लिने सहमति, ७७ सिटमा तयार होलान् माओवादी, नेकपा एससहितका दल ?
काठमाडौं । सत्तारुढ दलबीच १६५ सिटमा भागबण्डाको लागि अन्तिम प्रयास भइरहेको छ । बालुवाटारमा भएको सत्तारुढ दलबीच कांग्रेसले ८८ सिट लिने गरी समझदारी भएको छ । बाँकी ७७ सिटमा माओवादी, नेकपा एस र जसपा, राष्ट्रिय जनमोर्चाबीच सिट बाँडफाँट हुने तयारी भएको छ ।
‘१६५ सिटमा कांग्रेसको दाबी एक सय सिटमा थियो । पदाधिकारी बैठकमा पनि एक सयमै दाबी गर्नुपर्छ भन्ने थियो । तर गठबन्धन भएपछि सबै लचिलो हुनुपर्ने कुरा आयो’ कांग्रेस स्रोत भन्छ, ‘त्यसैले कांग्रेसले ८८ सिट लिएर बाँकी ७७ सिटमा अन्य दलबीच भागबण्डा गर्नमा लगभग सहमति भएको छ ।’ याेभन्दा कम सिटमा चुनाव लडे कांग्रेसमा हुने विद्राेह र बागी राेक्नै नसक्ने अवस्था रहेकाे बताइन्छ । यही ८८ सिट पाउँदा पनि कांग्रेसलाई दाबेदार मिलाउन निक्कै सकस पर्ने देखिएकाे छ ।
कांग्रेस बाहेकका दलललाई भागबण्डामा सकस
कांग्रेसले ८८ सिट लिने भएपछि बाँकी ७७ सिटमा माओवादी, नेकपा एस, जसपा, राष्ट्रिय जनमोर्चामात्रै होइन डा. बाबुराम भट्टराई र वामदेवको पार्टीलाई पनि भागबण्डा गर्नुपर्ने हुन्छ । यतिमात्रै होइन लोकतान्त्रिक समाजवादी पार्टीले पनि सत्तारुढ दलबाटै चुनाव लड्न इच्छा गरेको छ । यस्तोमा यी दलको सिट संख्या अझै घट्न सक्छ ।
७७ सिटमा माओवादीले कम्तिमा ४० सिट लिने तयारी गरेको छ । अघिल्ल्लोपटक ३७ सिट जितेको उसले ४० मा अन्तिम दाबी रहने बताउँदै आएको छ ।
यस्तोमा बाँकी ३७ सिटमा नेकपा एस, जसपासहितका दलले भागबण्डा गर्नुपर्ने भएको छ । ३७ मा नेकपा एस र जसपाले १५/१५ लिनेमा सहमति गरे विवाद नहुन सक्छ । तर यी दुवै दलले १५ भन्दा बढी सिट दाबी गर्ने र लोसपाले पनि सत्तारुढ दलबाटै चुनाव लड्न खोजे थप समस्या बल्झिने छ ।
सत्ता गठबन्धनबीच यसरी मिल्न सक्छ भागबन्डा, कसले जित सिट पाउँदैछन् ?
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया