NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

लिङ्देनले दिए सांसद पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

निर्वाचन घोषणा भइसके पनि सेवा सुविधा लिने र संसद्को कार्यकाल लम्ब्याउन खोजिएकाले आफूले राजीनामा घोषणा गरको उनको भनाइ छ ।

सरकारले मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभा चुनाव घोषणा गरेको छ । चुनाव घोषणासँगै स्वतः संसद् निष्कृय हुने भएकाले तलब सुविधा लिन नहुने कतिपय विज्ञको भनाइ छ । तर, सांसदहरूले भने तलब सुविधा लिइरहेका छन् ।