लिङ्देनले दिए सांसद पदबाट राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
निर्वाचन घोषणा भइसके पनि सेवा सुविधा लिने र संसद्को कार्यकाल लम्ब्याउन खोजिएकाले आफूले राजीनामा घोषणा गरको उनको भनाइ छ ।
सरकारले मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभा चुनाव घोषणा गरेको छ । चुनाव घोषणासँगै स्वतः संसद् निष्कृय हुने भएकाले तलब सुविधा लिन नहुने कतिपय विज्ञको भनाइ छ । तर, सांसदहरूले भने तलब सुविधा लिइरहेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया