प्रेस स्वतन्त्रतालाई कुन्ठित हुन दिँदैनौँ : अध्यक्ष पोखरेल
काठमाडाैं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रतालाई हनन गर्न खोजे महासंघ चुप लागेर नबस्ने बताएका छन् । बाराको सदरमुकाम कलैयास्थित करणराज प्यालेसमा आज साझेदारी दैनिक राष्ट्रिय पत्रिकाको आठाैँ वार्षिक सधारणसभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलले सत्तामा नरहँदा प्रेसको वकालत गर्ने तर सत्तामा आएपछि प्रेसको घाटी निमोठ्ने काम गर्ने गरेकाले प्रेस स्वतन्त्रताका हक हनन गर्न खोज्ने जोकोहीसँग हाम्रो सहकार्य नहुने ठोकुवा गरे ।
प्रेस बलियो नभए प्रजातन्त्र बलियो नहुने बताउँदै अध्यक्ष पोखरेलले प्रेसमाथि अंकुश लगाउने काम सैह्य नहुने बताए । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारका लागि श्रम ऐन लागू गर्न माग गरे । संविधानसभा सदस्य डा शोभाकर पराजुलीले विधिको शासन कायम गराउने, मुलुकमा शान्ति सुव्यवस्था कायम गराउने र राज्यको हरेक निकायलाई खबरदारी गर्ने प्रेस जगतलाई सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।
जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र साह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछानेलगायतले आ–आफ्नो धारणा व्यक्त गरेक थिए । कार्यक्रममा नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष लम्साल तथा केन्द्रीय सदस्यहरु गणेश रिजाल र अप्सरा पुडासैनीलाई सम्मान गरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया