एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि नेम्वाङको नाम सिफारिस
शंकर चापागाईं, (पाँचथर ) । प्रतिनिधिसभा सदस्यमा पाँचथरबाट प्रत्यक्षतर्फ नेकपा (एमाले)का केन्द्रिय सदस्य वसन्त नेम्वाङको नाम सर्बसम्मत सिफारिस भएको छ ।
नेकपा (एमाले) पाँचथरको बैठकले नेम्वाङको नाम सर्बसम्मतले सिफारिस गरेको हो ।
एमाले पाँचथरका जिल्ला इञ्चार्ज रहेका नेम्वाङ पूर्वमन्त्रीसमेत हुन् । एमाले पाँचथरको छैटौँ जिल्ला कमिटी आज बसेको बैठकले नेम्वाङलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यसैगरी, दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’का लागि प्रत्यक्षतर्फ पार्टीका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

निर्वाचन क्षेत्र नं. ‘ख’का लागि भने उम्मेदवारको टुंगो लागिनसकेको एमाले पाँचथरले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया