एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि नेम्वाङको नाम सिफारिस

शंकर चापागाईं, (पाँचथर ) । प्रतिनिधिसभा सदस्यमा पाँचथरबाट प्रत्यक्षतर्फ नेकपा (एमाले)का केन्द्रिय सदस्य वसन्त नेम्वाङको नाम सर्बसम्मत सिफारिस भएको छ ।
नेकपा (एमाले) पाँचथरको बैठकले नेम्वाङको नाम सर्बसम्मतले सिफारिस गरेको हो ।
एमाले पाँचथरका जिल्ला इञ्चार्ज रहेका नेम्वाङ पूर्वमन्त्रीसमेत हुन् । एमाले पाँचथरको छैटौँ जिल्ला कमिटी आज बसेको बैठकले नेम्वाङलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यसैगरी, दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’का लागि प्रत्यक्षतर्फ पार्टीका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
निर्वाचन क्षेत्र नं. ‘ख’का लागि भने उम्मेदवारको टुंगो लागिनसकेको एमाले पाँचथरले जनाएको छ ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया