पर्यटनमन्त्रीले थुनाएका सुरक्षागार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले थुनाएका सुरक्षागार्ड शेरजंग गुरुङलाई रिहा गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई यस्तो निर्देशन दिएका हुन् ।
गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री खाणले प्रक्रिया पु¥याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।
छायाँ सेन्टरका सुरक्षागार्ड गुरुङले आइतबार पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा बस्न भनेका थिए । सोही कारण उनलाई मन्त्री श्रेष्ठको आदेशमा पक्राउ गरिएको थियो ।
मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा थुनामा पुगेका सुरक्षागार्डसँग भेटेपछि के भने रवि लामिछानेले ?
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया