खाली गराउन थालियो असन र इन्द्रचोकका फुटपाथ
काठमाडौं । काठमाडौं महानगरपालिकाले असन र इन्द्रचोक क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ ।
महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरू हटाउन सुरु गरेको हो ।
असन र इन्द्रचोक क्षेत्रमा पैदल यात्रुलाई नै हिड्न अफ्ठ्यारो हुनेगरी फुटपाथमा राखिएका भाँडाकुँडा, क्रिष्टलका सामग्री, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री बुधबार बिहानसम्म हटाउन निर्देशन दिइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
यतिबेला महानगरले बुधबारसम्ममा फुटपाथका सामग्री नउठाए आफैँले हटाउने भन्दै माइकिङ गरिरहेको छ ।
ती क्षेत्रमा रहेका अव्यवस्थित पार्किङ, मन्दिर वरिपरिका व्यवसाय हटाइरहेको महानगरले अब फुटपाथ खाली गराउन थालेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया