लागुऔषधसहित १५ जना पक्राउ
काठमाडाैं । उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो ।
विभिन्न व्यक्तिले लागुऔषध एम्पुल खरिदको लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७, घडी सात र गितार चार थानसमेत प्रहरीले बरामद गरेको छ । भदौ १६ गतेदेखि भदौ २० गतेको पाँच दिनभित्र ब्यूरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन दुई सय८७ ग्राम, दुई सय ५२ एम्पुल र दुई किलो गाँजासहित १५ जनालाई पक्राउ गरेको ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले बताए । खनालका अनुसार प्रतिबन्धित लागुऔषधको बजार मूल्य २९ लाख ९९ हजार चार सय रहेको छ ।
अवैध लागुऔषधसहित कारोबारमा सङ्लग्न रहेको आधारमा पक्राउ पर्नेमा ललितपुर भोलाखेल च्यासलका ३२ वर्षीय सञ्जय कपाली, रामेछाप फुलासीका २७ वर्षीय कुमार तामाङ, ललितपुर दुपाटका २९ वर्षीय अनिस महर्जन, ललितपुर भैँसेपाटीका ३३ वर्षीय प्रताप कार्कीसहित १५ जना रहेको प्रहरीले जानकारी दिएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया