पल शाह मुद्दाको बहस सकियो, आजै फैसला आउने

काठमाडाैं । एक नाबालिक गायिकामाथि बलात्कार गरेको अभियोगमा थुनामा रहेको अभिनेता पल शाहको मुद्दामा अन्तिम फैसलाको लागि बहस सकिएको छ ।
आज बिहानैदेखि नवलपुर जिल्ला अदालतमा अभिनेता शाहका पक्षमा वकिल र सरकारी वकिलहरुलेहरुले बहस गरेका हुन् । उनको आजै फैसला आउने सम्भावना भएको जिल्ला अदालत नवलपरासीका एक कर्मचारीले बताए ।
अभिनेता शाहविरूद्ध तनहुँ र नवलपरासी दुवै इजलासमा मुद्दा परेको थियो। गत चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश गरेको थियो।
नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते उनीविरूद्ध तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाह आफैले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।
प्रतिक्रिया