कमल थापाले गाई नपाउने
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिन्ह नपाउने भएको छ । गाई चिन्ह पाउनुपर्ने माग राखी अध्यक्ष थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि नपाउने निश्चित भएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले थापाले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश गरेको हो । यो आदेशसँगै उनलाई गाई निर्वाचन चिन्ह नदिने भनी निर्वाचन आयोगले गरेको निर्णय यथावत रहने भएको छ ।
गाई राष्ट्रिय जनावर भएकाले सर्वोच्चले उक्त चिन्ह कुनै पनि पार्टीलाई नदिने निर्णय गरेको बताइएको छ ।
राष्ट्रिय पहिचान भएका जनावर र पंक्षी जनिने चिन्ह कुनै पनि दललाई निर्वाचन चिन्हका रुपमा प्रदान नगरिने भनी निर्वाचन आयोगले निर्णय गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध राप्रपा नेपाल सर्वोच्च अदालत गएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया