बलात्कारको आरोपपछि सन्दीपबारे के लेखे भारतीय मिडियाले ?

काठमाडौं । नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपबारे समाचार अब अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि चासोको विषय बनिसकेको छ ।
मंगलबार १७ वर्षिया किशोरीले बलात्कारको आरोप लगाउँदै स्टार क्रिकेटर लामिछानेविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । नाबालिकाले लगाएको यो आरोपबारे यतिबेला भारतीय मिडियाले चासोका साथ समाचार सम्प्रेषण गरेका छन् ।
एक दिवसीय खेल(ओडिआइ) खेलेका कारण सन्दीपको भारतमा पनि राम्रो क्रेज छ । भारतको चर्चित न्यूज च्यानल जी न्यूजले क्याप्टेन शब्दलाई बोल्ड रूप दिँदै लेखेको छ, ‘यी आइपीएल स्टार तथा अन्तर्राष्ट्रिय क्रिकेट क्याप्टेनमाथि नाबालिका बलत्कारको आरोप’ ।
त्यस्तै, न्यूज १८ अनलाइनले, ‘नेपाली स्टार लेगस्पिनर लामिछानेलाई नाबालिक बलात्कारको आरोप, अनुसन्धान जारी’ भनेर लेखेको छ । त्यस्तै, क्रिकट्राकर नामक अनलाइनले लेखेको छ, ‘नेपाली कप्टान सन्दीप लामिछानेविरूद्ध १७ वर्षिया किशोरीको बलात्कार उजुरी’ ।
ताजा अपडेट
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
प्रतिक्रिया