महानगरले पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन थाल्यो
काठमाडाैं । काठमाडौं महानगरपालिकाले आज बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन सुरु गरेको हो ।
वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर निर्माण गरिएका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे पनि व्यापारीले नहटाएका कारण महानगरको टोलीले हटाउन सुरु गरेको हो । पटक–पटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरूपमा उत्रिएर संरचना हटाउन थालिएको अध्यक्ष सङ्गतले बताए ।
पाशुपति क्षेत्रका पसल व्यवसायीलाई आज अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गरे शनिबारदेखि महानगरले सामान उठाएर लैजानेसमेत अध्यक्ष सङ्गतले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना आजदेखि बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।
दशैँ–तिहारजस्ता चाडवाडका बीचमा पसल हटाउँदा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडा कार्यालयले आफ्ना समस्याका विषयमा विचार गरी चाडवाडसम्म पसल सञ्चालन गर्न दिन व्यापारीले आग्रह गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया