निगमको जहाज मर्मतका लागि डेढ महिनापछि बल्ल ठेक्का आह्वान

काठमाडौं । नेपाल वायुसेवा निगमले ग्राउण्डेड अवस्थामा रहेको न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरेको छ । करिब–करिब डेढ महिनापछि न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरिएको हो ।
निगमले केही दिनअघि मात्र ओरिजिनल इक्विपमेन्ट म्यानिफ्याक्चर (ओइएम)÷मेन्टिनेन्स रिपेयर अर्गनाइजेशनका लागि अन्तर्राष्ट्रिय कम्पनीको माग गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । जहाजको भी–१७५८५ सिरियल नम्बरको दायाँपट्टिको इन्जिनमा समस्या आएपछि जहाज ग्राउन्डेड भएको थियो ।
आठ महिनाअघि यही जहाजको बायाँपट्टिको इन्जिन फेल भएर ग्राउण्डेड भएको थियो । ‘नाइनएन–एकेडब्लु’ कलसाइनको यो न्यारोबडी जहाजको निगमले सात वर्षअघि खरिद गरेको थियो । सात हजारभन्दा बढी साइकल पार गरेको यो इन्जिनले करिब १९ हजार फ्लाइङ आवर पार गरिसकेको निगमले जनाएको छ ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया