NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आज किन बस्न सकेन कार्यदलको बैठक ?

काठमाडौं । आसन्न निर्वाचनमा सिट बाँडफाँडको कुरो मिलाउन आज बस्ने तय भएको सत्ता गठबन्धनको कार्यदलको बैठक बस्न सकेन ।

आज दिउँसो ३ बजे बस्ने भनेर बिहीबार नै तय भएको शीर्ष नेतासहितको कार्यदलको बैठक शनिबारका लागि सरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा इन्द्रजात्रामा जानुपर्ने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं आइनपुगेकाले र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि जनकपुर जानुपर्ने भएकाले बैठक बस्न नसकेको कार्यदलका एक सदस्यले बताए ।

अब शीर्ष नेतासहित कार्यदलको बैठक शनिबार दिउँसो ४ बजे बस्ने तय भएको बताइएको छ ।

कार्यदलले बिहीबार शीर्ष तहमा प्रतिवेदन बुझाएको थियो । कार्यदलले सिट संख्याको पूर्ण किटान नगरी आफ्नो प्रतिवेदन बुझाएको हो ।