NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

जबरासँग आज पनि समितिले बयान लिँदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज पनि संसदीय छानबिन समितिले बयान लिने भएको छ ।

समितिका अनुसार, अहिले अपराह्न साढे १२ बजे बयान लिने तय भएको छ ।

समितिले यसअघि पनि जबरासँग बयान लिएको थियो । तर जबराले बयानका क्रममा आफूमाथि उठेका प्रश्नको जवाफ दिनुको साटो अन्यलाई आक्षेप लगाउने तथा समितिको औचित्यमाथि नै प्रश्न उठाउने काम गरेका थिए ।

जबराविरुद्ध गत फागुन १ मा सत्तारूढ दलका सांसदहरूले संसदमा महाभियोग दर्ता गराएका थिए । त्यसको झण्डै साढे ५ महिनापछि संसद्ले यसमाथिको प्रक्रिया थालेको हो ।