गठबन्धनका शीर्ष नेताको बैठक : जुटेन सहमति

काठमाडौं । सिट बाँडफाँट टुंग्याउन भनेर बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन ।
बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको सञ्चारमन्त्रीसमेत रहेका सिट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
एउटै सिटमा दोहोरो–तेहेरो दाबी छ । तर, सबैले लचिलो हुनुको विकल्प छैन,’ बैठकबाट बाहिरिँदै उनले भने ।
कार्यदल र शीर्ष नेताहरूको बैठक पटक–पटक बसिरहेको छ । तर, सहमति जुट्न सकिरहेको छैन ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया