NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ५ गते

नेपालले पाकिस्तानलाई दुई करोड बराबरको राहत दिने

काठमाडौं । नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति ब्यहोरिरहेको पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

गत दुई महिनादेखिको बाढीपहिरोका कारण पाकिस्तानमा एक हजार चार सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । झन्डै एक तिहाइ भू–भाग डुबानमा परेको त्यहाँका सञ्चारमाध्ययले जनाएका छन् ।