सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जासम्बन्धी सम्झौता

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाको सुरक्षण सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका ३ करोडसम्मको कृषि कर्जाको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । यस सम्झौतापश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्युनिकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैंकले अपेक्षा गरेको छ ।
उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकको तर्फबाट उप-महाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा कोषको प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, विष्णुमणी अधिकारी, सेञ्चुरी कमर्सियल बैंकका कृषि तथा विपन्न कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल तथा बजारिकरण विभागका गणेश सुवेदीको उपस्थित रहेको थियो ।
यस्तै, बैंकले १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया