काठमाडौं विश्वविद्यालयमा योग शिक्षा अध्यापन सुरु
काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्नातक तहको चार वर्षे कोर्समा योगसम्बन्धी पठनपाठन सुरु गरेको छ ।
‘स्कूल अफ आर्ट्स र स्कूल अफ मेडिकल साइन्सेज’ले संयुक्तरुपमा ‘योगिक साइन्स र वेलविइङ’ विषय सुरु गरेको हो । उच्च क्षमतायुक्त योग विज्ञ तथा अन्वेषकबाट अध्यापन हुने यो कोर्सको सबै व्यवस्थापन स्कूल अफ आर्टस्ले गरेको विश्वविद्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रियरुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यतासमेत विकसित भइरहेकाले त्यसलाई मध्यनजर गरेर विश्वविद्यालयले यस विषयको पठनपाठन सुरु गरेको जनाएको छ ।
विश्वविद्यालयले योग शिक्षाका माध्यमद्वारा ज्ञान र विज्ञानलाई पूर्वीय र पाश्चात्य दर्शनसँगै संयोजन गर्दै सकारात्मक सोच, नैतिकता, निष्ठा र विश्वमा आत्मीय सौहार्दपूर्ण वातावरण सिर्जना र परिपूर्ति गर्ने उद्देश्य लिएको विश्वविद्यालयले उल्लेख गरेको छ ।
अध्ययनका क्रममा विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्दै प्रयोगशाला, आरोग्य केन्द्र, आश्रम, गुरुकूल तथा योग संस्थामा प्रयोगात्मक प्रशिक्षण र इन्टर्नशिप तथा अनुसन्धान गर्ने अवसर पाउने छन् ।
अरु विश्वविद्यालयको तुलनामा योगसँग सम्बन्धित व्यापक र गहन विषय समावेश गरी योगलाई अनुसन्धान र प्रविधियुक्त बनाउन लागिएकाले उच्च शिक्षामा गुणस्तरीय जनशक्ति उत्पादनमा सघाउ पुग्ने बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया