नेपालमा ५५ देशको २ खर्ब २८ अर्ब वैदेशिक लगानी, कुन देशको कति ?
काठमाडौं । नेपालमा विभिन्न ५५ देशको २ खर्ब बढी लगानी रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ अनुसार सो पाइएको हो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा ५५ देशको २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये सबैभन्दा बढी भारतबाट ७५ अर्ब ८१ करोडको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । दोस्रोमा चीनबाट ३३ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
त्यसपछि क्रमश : आयरल्याण्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड रुपैयाँ, सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ अष्ट्रेलियाको १२ अर्ब १६ करोड ३४ लाख रुपैयाँ, दक्षिण कोरियाको ९ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ, युएईको ८ अर्ब ३५ करोड ५ लाख रुपैयाँ, अमेरिकाको ६ अर्ब ७० करोड ९७ लाख रुपैयाँ, बंगलादेशको ६ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ र अन्य देशको २९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६० दशमलव पाँच प्रतिशत औद्योगिक क्षेत्रमा रहेको पाइएको छ । त्यस्तै ३९ दशमलव चार प्रतिशत सेवा क्षेत्रमा रहेको प्रतिवेदनमा देखिएको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० दशमलव आठ प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव पाँच प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।
यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ दशमलव नौ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४ दशमलव नौ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४ दशमलव सात प्रतिशत रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया