NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

केन्याको नेतृत्व परिवर्तन, रुटो बने पाँचौ राष्ट्रपति

काठमाडौं (एजेन्सी) । केन्याको पाँचौं राष्ट्रपतिका रूपमा विलियम रुटो नियुक्त भएका छन् । उनले मंगलबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नवनिर्वाचित राष्ट्रपति रुटोलाई सपथ खुवाउनका लागि राजधानी नैरोबीमा मङ्गलबार विशेष समारोह आयोजना गरिएको थियो ।

समारोहमा २० अफ्रिकी देशका नेताहरू सहभागी थिए । केन्याका प्रभावशाली नेता रुटोले मुलुकको शान्ति सुरक्षा, आर्थिक अवस्था, जनताको जीवनस्तरलगायतमा सुधार ल्याउने प्रतिवद्धता जाहेर गरेका छन् ।

सन् १९६६ मा जन्मिएका रुटोले गत अगस्ट ९ मा भएको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेका थिए ।

उनले विपक्षी दलका नेता राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् । पराजित नेताले निर्वाचन धाँधली भएको भन्दै परिणाम अस्वीकार गर्दै आइरहेका छन् । तर त्यहाँको सर्वोच्च अदालतले परिणाम सही भएको भन्दै रुटोलाई अनुमोदन गरिसकेको छ ।

कडा सुरक्षा व्यवस्थाका बीचमा निवर्तमान राष्ट्रपति उहुरु केन्याटाले रुटोलाई पद हस्तान्तर गरे ।