NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

हिजो जापान नपुगी फर्किएको निगमको जहाज आज बिहान उड्यो

काठमाडौं । प्राविधिक समस्या आएपछि जापानको नारिताका लागि उड्दाउड्दै पुनः काठमाडौं फर्किएको नेपाल वायुसेवा निगमको जहाज मर्मतपछि जापान उडेको छ ।

मंगलबार राती ११ बजे काठमाडौंबाट नारिताको लागि उडेपछि निगमको वाइडबडी जहाजको कार्गोको सामान राख्ने ठाउँबाट धुँवा निस्किएको थियो । धुँवा निस्किएसँगै उडेको आधा घण्टामै पुनः काठमाडौं फर्किएको जहाज आज विहान ९ बजे नारिताका लागि उडेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

‘प्राविधिक समस्याका कारण हिजो जापान उडेको जहाज काठमाडौं डाइभर्ट भएको थियो,’ उनले भनिन्, ‘प्राविधिकको निगरानीमा मर्मत भएसँगै आज विहान ९ बजे जहाज उडिसकेको छ ।’ जहाजमा एक सय ८४ जना यात्रु सवार थिए ।