चिनियाँ नेताको भ्रमण : जनताले भोगे सास्ती (फोटो फिचर र भिडियोसहित)

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुको सवारीका क्रममा सर्वसाधारणले सास्ती भोगेका छन् ।
सोमबार नेपाल भ्रमण आएका उनी आज बिहान कार्यालय समयमा अर्थात ९–१० बजेतिर भक्तपुरको भ्रमणमा गएका थिए ।
सो बेला घण्टौं जाम हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।
आज तेस्रो दिन बिहानदेखि दिनभरी नै सवारी प्रभावित भएका थिए ।
जाम भएका कारण एम्बुलेन्ससमेत रोकिएका देखिन्थे ।
मंगलबार पनि यस्तै स्थिति थियो ।
जनकंग्रेसका अध्यक्ष लीको सवारी चलिरहँदा पैदलयात्रुलाई समेत हिड्न रोक लगाइएको थियो ।
भिआइपीको भ्रमणबारे आफूलाई जानकारी नभएको भन्दै कतिपय सर्वसाधारणले आक्रोश पाखेका थिए ।
यस्ता भ्रमणमा सरकारले वैकल्पिक उपाय अपनाउनुपर्ने उनीहरूको भनाइ थियो ।
हेरौं भिडियो पनि !
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया