कांग्रेसमा समानुपातिकबाट सांसद बन्न नपाउने गरी बन्देज लागेका ११२ नेताहरू को–को हुन् ?

काठमाडौं । कांग्रेसले २०७४ सालमा समानुपातिकतर्फ सांसद बनेकालाई यसपटक नदोहोर्याउने नीति लिएको छ । संसदीय समितिको बैठकले यस अघिको निर्वाचनमा समानुपातिकतर्फ सांसद भएकालाई यसपटक नदोहोर्याउने निर्णय गरेको हो ।
२०७४ सालमा कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकमा ४० सांसद थिए । यी सबै यसपटक समानुपातिकमा जान पाउने छैनन् । प्रत्यक्षमा निर्वाचन लड्न भने पार्टीले बन्देज लगाएको छैन ।
२०७४ सालको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभामा ४० र प्रदेशसभामा ७२ समानुपातिक सांसद जितेको थियो । यी दुवै गरेर ११२ सांसदले समानुपातिकमा बस्न नपाउने भएका हुन् । कांग्रेसको यस अघिको परिपत्र र संसदीय समितिको बैठकले २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट सांसद भएकालाई नदोहोर्याउने नीति लिएको हो ।
तर २०६४ र २०७० मा समानुपातिकबाट सांसद भएकालाई पनि कांग्रेसले यसपटक समानुपातिकमा जान रोकेको छैन । प्रतिनिधिसभामा समानुपातिकतर्फ अघिल्लोपटक सांसद भएका केही चर्चित अनुहारलाई यसपटक प्रत्यक्षमै लड्नुपर्ने नभए त्यत्तिकै बस्नुपर्ने भएको हो ।
समानुपातिकतर्फ बसेका चर्चित अनुहारमा बालकृष्ण, खाँण, सुजाता कोइराला, सीतादेवी यादव, दिलेन्द्रप्रसाद बडु, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, डा. डिला संग्रौला, उमेश श्रेष्ठ, विनोद चौधरी, चित्रलेखा यादव, पुष्पा भुसाल, पद्यनारायण चौधरी, जीपछिरिङ लामा, किशोरसिंह राठोर, उमा रेग्मी, मीना पाण्डेसहितका चर्चित अनुहार छन् । प्रत्यक्षमा टिकट नपाए यी नेताको फेरि सांसद बन्ने बाटो यसपटक छेकिनेछ ।
को हुन् कांग्रेसबाट अब प्रतिनिधिसभाको समानुपातिकमा सांसद बन्न नपाउने ४० नेताहरू ?
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ्ग
जीपछिरीङ्ग लामा
दिव्यमणी राजभण्डारी
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्वु
हिरा गुरुङ्ग
मीना सुब्बा
बालकृष्ण खाँण
दिलेन्द्रप्रसाद बडू
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर के.सी.
रामबहादुर विष्ट
सुजाता कोइराला
पुष्पा भुषाल गौतम
डा. डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
रंगमती शाही
पद्म नारायण चौधरी
पार्वता डि.सि. चौधरी
नमिताकुमारी चौधरी
मानबहादुर विश्वकर्मा
मीनबहादुर विश्वकर्मा
प्रकाश रसाइलि स्नेही
सुजाता परियार
लक्ष्मी परियार सेवा
विमला नेपाली
विनोदकुमार चौधरी
स्मृति नारायण चौधरी
नागेन्द्रकुमार राय
सीतादेवी यादव
चित्रलेखा यादव
मिनाक्षी झा
अतहर कमाल मुसलमान
सर्वत आरा खानम
सात प्रदेशका ७२ जना समानुपातिकमा नपाउने
प्रदेशसभामा ७२ समानुपातिक सांसद यसपटक दोहोरिन नपाउने भएका छन् । यसरी प्रदेश १ बाट १३, मधेस प्रदेशबाट ११, वाग्मतीबाट १४, गण्डकीबाट ९, लुम्बिनीबाट १२, कर्णालीबाट ५ र सुदूरपश्चिमबाट ८ सांसद छन् ।
प्रदेश समानुपातिकतर्फ
प्रदेश १–१३
प्रताप प्रकाश हाङगाम
विद्यानन्द चौधरी
चन्द्रप्रसाद श्रेष्ठ
सन्जाकुमारी दनुवार
लीला सुब्बा
ज्योति सुब्बा
शेखरचन्द्र थापा
लोकप्रसाद संग्रौला
शान्ता पौडेल
विन्दीया कार्की
नवोदिता कुमारी चौधरी
कल्पनाकुमारी सरदार
ओमप्रकाश सरावगी
मधेस प्रदेश–११
आशियादेवी थरुनी
प्रमिलादेवी दास
श्यामपरी देवी
शिवचन्द्र चौधरी
ओमप्रकाश शर्मा
नरेशकुमार यादव
सरस्वती चौधरी
गीताकुमारी यादव
मञ्जुकुमारी यादव
शेख रसिद अलि
शोभाकुमारी लामा
वागमती प्रदेश–१४
मिलनवावु श्रेष्ठ
राजेन्द्र गुरुङ
न्हुच्छेनारायण श्रेष्ठ
सन्तबहादुर प्रजा
राधा घले
जीवन डंगोल
विजया श्रेष्ठ के.सी.
रजनी जोन्छे
डा. राजाराम कार्की
बलराम पौडेल
भीमसेन खत्री
गिता वाग्ले
बिजुला वर्मा
कल्पना नेपाली
गण्डकी प्रदेश–९
मेखलाल श्रेष्ठ
ललितकला गुरुङ
सरिता गुरुङ
मनकुमारी गुरुङ
मणिभद्र शर्मा कँडेल
कुमार खड्का
ओमकला गौतम
दोवाटे विश्वकर्मा
कोपिला बोहरा
लुम्बिनी प्रदेश–१२
बीरबहादुर राना
अर्जुनकुमार श्रेष्ठ
बलदेव शर्मा पोखरेल
निर्मला क्षेत्री
रमा अर्याल
भुवनेश्वर चौधरी
पुष्पा थरुनी
माला गोतामे सुनार
रिना नेपाल वि.क.
रुन्धावती दुवे शर्मा
शान्तिदेवी बर्मा सोनार
मोहम्मदयाकुव अन्सारी
कर्णाली प्रदेश–५
दिनवन्धु श्रेष्ठ
यज्ञबहादुर बी.सी.
हिमबहादुर शाही
अमृता शाही
झोवा वि.क
सुदूरपश्चिम प्रदेश–८
गोविन्द बोहरा
देवराज पाठक
दिव्यश्वरी शाह
अम्बिकुमारी थापा
कुमारीनन्दा बम
श्यामलाल राना
टेकबहादुर रैका
उमा वादी
प्रतिक्रिया