NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

निर्वाचन आयोग सरकारबाट नलतारियोस् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा शनिबार सम्बोधन गर्दै ओलीले गत स्थानीय तह निर्वाचनमा सत्ताको चरम दुरूपयोग भएकाले फेरि पनि त्यस्तै हुनसक्ने आशंका गरे ।

‘गत स्थानीय तह निर्वाचनमा सत्ताको चरम दुरूपयोग भयो,’ ओलीले अगाडि थपे, ‘निष्पक्ष हुनुपर्ने निर्वाचनमा सत्ताको दुरूपयोग नगरियोस् ।’

निर्वाचन गर्ने काम अब निर्वाचन आयोगको भएकाले उसलाई स्वतन्त्र छाडिदिन ओलीले अनुरोध गरे । निर्वाचन आयोगलाई पनि उनले सरकारले जेजे भन्छ तदनुरूप नलतारिन सजग गराए ।

‘गत स्थानीय तह निर्वाचनमा नराम्ररी सत्ताको दुरुपयोग भयो । यस्ता तौरतरिका लोकतन्त्रभित्र पर्दैन । भिन्न मत र भिन्न विचार सहने, स्वीकार्ने र त्योसँग प्रतिस्पर्धा गर्न दिने व्यवस्था लोकतन्त्र हो । लोकतन्त्रमा प्रतिस्पर्धा स्वच्छ हुनुपर्छ । राज्य शक्ति दुरुपयोग गर्ने कुरा लोकतन्त्र प्रणाली होइन । यो हुनुहुँदैन’, ओलीले अगाडि थपे, ‘शान्तिपूर्ण, निर्भय, निष्पक्ष स्वतन्त्र र धाँधलीरहित ढंगले चुनाव हुनुपर्छ । निर्वाचन आयोग सत्तापक्षबाट लतातिएर नचलोस् । आफ्नो स्वतन्त्र भूमिका निर्वाह गरोस् । निर्वाचन गर्ने दायित्व आयोगको हो । सरकारको काम सहयोग गर्ने हो । त्यसकारण हस्तक्षेप गर्न हुँदैन ।’

ताजा अपडेट

नेपालवाच विशेष