राष्ट्रपति र माधव नेपालमाथि बालेनले किन उठाए गम्भीर सवाल ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारी र नेता माधव नेपाललाई कुन मुख लिएर जनतासामु भोट माग्न जानुहुन्छ भन्दै प्रश्न उठाएका छन् ।
सामाजिक संजालमा लेख्दै बालेनले आफ्नै क्षेत्रमा पर्ने तीनकुनेको जग्गाको समाधान पटकपटक हस्ताक्षर गरेर पनि समाधान नगरेको आरोप लगाएका हुन् ।
यही क्षेत्रबाट चुनाव जितेपनि ५० वर्षदेखिको तीनकुनेको जग्गाको समाधान हस्ताक्षर गरेर पनि समाधान नगरेको आरोप लगाएका हुन् ।

‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’ बालेनले भनेका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया