NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

चोलेन्द्र काममा फर्कन पाउँदैनन् : कानूनमन्त्री, फर्किए गेटमै देखाइदिन्छौं : शाक्य

काठमाडौं । कानून मन्त्री गोविन्द शर्मा कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने कदम विफल हुने बताएका छन् ।

प्रतिनिधिसभाको म्याद शनिबार समाप्त भएसँगै चोलेन्द्र महाभियोग निष्क्रिय भएको निष्कर्षका साथ आइतबारदेखि नै नियमित काममा फर्कने मनस्थितिमा पुगेका छन् । उनले यही व्यहोराको सूचना सर्वोच्चमा पठाएको स्रोतले जनाएको छ ।

तर कानून मन्त्री कोइराला महाभियोग टुंगो नलागेसम्म फर्कन संविधानको धारा १०१ (६) ले रोक लगाएको बताउँछन् । त्यसैले चोलेन्द्रको कदम सफल नहुने उनको भनाइ छ ।

आजैदेखि काममा फर्कने तयारीमा चोलेन्द्र, सर्वोच्चलाई पठाए सूचना

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे पनि यही स्थितिमा चोलेन्द्र सर्वोच्च फर्कन नमिल्ने तर्क गर्छ । संविधानविपरीत चोलेन्द्र सर्वोच्च फर्किए बारले अवरोध गर्ने उनले बताए ।

सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले चोलेन्द्र सर्वोच्च फर्किने कुरा असम्भव भएको बताए ।  कथंकदाचित फर्किए आफूहरूले गेटमै देखाइदिने उनले बताए ।

‘चोलेन्द्र सर्वोच्च फर्किने कुरा असम्भव छ । फर्किए गेटमै देखाइदिन्छौं,’ उनले भने ।

पूर्वन्यायाधीश फोरमका महासचिव सुरेन्द्रवीर सिंह बस्न्यात महाभियोग अभियोगको पनि अभियोग भएकाले त्यसको छिनोफानाबिना फर्कन्छु भन्नु गलत भएको बताउँछन् । चोलेन्द्र सर्वोच्च फर्किए रक्तपान हुने उल्लेख गर्दै यसलाई रोक्नुपर्ने बताए ।

‘महाभियोग टुंग्याउनै पर्छ, चोलेन्द्र सर्वोच्च फर्किए रक्तपात हुन्छ’

ताजा अपडेट

नेपालवाच विशेष