सर्वोच्च जाने तयारी गर्न सुरक्षाकर्मीलाई चोलेन्द्रको निर्देशन
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्किने तयारी गरेका छन् । प्रतिनिधिसभाको म्याद सकिएसँगै महाभियोग निष्क्रिय भएको निष्कर्षमा पुगेका चोलेन्द्र सर्वोच्च फर्कन लागेका हुन् ।
चोलेन्द्रले अहिले बिहान ११ बजे त्यसतर्फ जाने गरी तयारी गर्न आफ्नो सुरक्षामा खटिएका प्रहरीलाई निर्देशन दिएका छन् ।
स्रोतका अनुसार, चोलेन्द्रका पिएसओले यसको जानकारी सुरक्षा निकायलाई दिएका छन् ।
चोलेन्द्र सर्वोच्च फर्कने तयारीमा लागेपछि अदालतमा पुनः मुठभेडको सम्भावना देखिएको छ । कानून व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसन चोलेन्द्रलाई प्रवेश गर्न नदिने निर्णय गरेर अहिले प्रदर्शन गरिरहेको छ ।
सर्वोच्च परिसरको स्थिति बिग्रने संकेतपछि बिहानैदेखि प्रहरीले त्यहाँ सुरक्षा तैनाथी बढाएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया