साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको सेयर कारोबार रोक्का
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । नेप्सेमा साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको हो ।
यी दुई लघुवित्तले एकआपसमा मर्जमा जाने सम्झौता गरेसँगै सेयर कारोबार रोक्का भएको हो । दुबै संस्थाले गत शुक्रबार मर्जर समबन्धि सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।
सम्झौतामा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष सुजाता जोशीले हस्ताक्षर गरेका छन् ।
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० शेयरलाई मर्जरपछि ८७ शेयर (१००:८७) कायम हुने गरी शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो कायम गर्ने समेत सहमति भएको छ । मर्जरपछि यस लघुवित्त वित्तीय संस्थाको पुँजी कोष रु। ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब रुपैयाँ पुग्नेछ । मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड कायम हुने भएको छ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया