चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनमा विशेष छुट
काठमाडाैं । नेपालको नम्बर वान स्मार्ट फोन ब्रान्डमध्ये एक ब्राण्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधिको लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ । नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।
साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने,‘नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमाञ्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।’
यो अफरअन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार रुपैँया र रेडमी नोट १२ सिरिजमा तीन हजार रुपैयाँसम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर सिमित अवधि को लागि असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ ।

ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया