नेपाल टेलिभिजनले माग्यो समाचार प्रस्तोता

काठमाडौं । नेपाल टेलिभिजनले समाचार तथा समाचारमूलक कार्यक्रम प्रस्तोता माग गरेको छ । टेलिभिजनले नेपाली समाचार प्रस्तोता ७ र अंग्रेजी समाचार प्रस्तोता ३ जना माग गर्दै समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त आव्हान गरेको हो ।
टेलिभिजनका अनुसार उम्मेदवारले असोज १० भित्र आवेदन दिन सक्ने छन् । दरखास्त फारम नेपाल टेलिभिजनको वेबसाइटबाट डाउनलोड गर्न सकिने टेलिभिजनले जनाएको छ ।
हेरौं सूचना
प्रतिक्रिया