अदालतविरुद्ध फेरि खनिए बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह अदालतविरुद्ध फेरि खनिएका छन् ।
टुकुचा खोला उत्खनन् भइरहेको वेला त्यसलाई रोक्दै ललितपुर जिल्ला अदालतले अन्तरिम आदेश दिएको विषयलाई लिएर उनी अदालतको कदमविरुद्ध फेरि असन्तुष्ट बनेका हुन् ।
‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले टुकुचा (इछुमती ) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’, उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।
नर्भिक अस्पतालको अवैध संरचना हटाउन खोज्दा यसअघि पनि सर्वोच्च अदालतले रोकेको थियो । त्यसपछि उनले अदालतको कदमविरुद्ध बोलेका थिए ।
त्यसपछि सर्वोच्चले मेयर शाहलाई स्पष्टीकरण मागेको थियो । उनले त्यसको जवाफ दिएका थिए ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया