इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच दुर्लभ छलफल
एजेन्सी । इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मङ्गलबार छलफल भएको छ । दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उनीहरुका बीचमा भेटवार्ता भएको हो ।
जापिडको सचिवालयले जारी गरेको वक्तव्यमा अनुसार उनीहरुले दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल गरेका थिए । साथै दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा पनि उनीहरुका बीचमा छलफल भएको जनाइएको छ ।
उनीहरुले विषेश गरेर आर्थिक तथा उर्जा सहकार्यका बारेमा छलफल केन्द्रीत गरेका थिए ।
दुई देशका बीचमा गत अगस्टमा पूर्ण रुपमा कुटनीतिक सम्बन्धलाई व्युताउने सम्झौता भएको थियो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया