इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच दुर्लभ छलफल

एजेन्सी । इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मङ्गलबार छलफल भएको छ । दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उनीहरुका बीचमा भेटवार्ता भएको हो ।
जापिडको सचिवालयले जारी गरेको वक्तव्यमा अनुसार उनीहरुले दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल गरेका थिए । साथै दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा पनि उनीहरुका बीचमा छलफल भएको जनाइएको छ ।
उनीहरुले विषेश गरेर आर्थिक तथा उर्जा सहकार्यका बारेमा छलफल केन्द्रीत गरेका थिए ।
दुई देशका बीचमा गत अगस्टमा पूर्ण रुपमा कुटनीतिक सम्बन्धलाई व्युताउने सम्झौता भएको थियो ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया