अध्यक्ष लिङ्देनको प्रस्ताव : रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाऊँ

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तयार भएको छ ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउन प्रस्ताव गरेका हुन् ।
राप्रपामा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की गरी चार निर्वाचित उपाध्यक्ष छन् । यदि, मिश्र राप्रपामा प्रवेश गरे उनी यी चारभन्दा माथि हुनेछन् ।
गत स्थानीय निर्वाचनमा विवेकशील साझाले सोचेजस्तो परिणाम नल्याएपछि मिश्रले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
पछिल्लो समय मिश्र वैचारिक रुपमा राप्रपासँग नजिक देखिएका छन् ।
ताजा अपडेट
-
यस्तो छ त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम
-
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
-
राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
-
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
प्रतिक्रिया