अध्यक्ष लिङ्देनको प्रस्ताव : रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाऊँ
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तयार भएको छ ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउन प्रस्ताव गरेका हुन् ।
राप्रपामा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की गरी चार निर्वाचित उपाध्यक्ष छन् । यदि, मिश्र राप्रपामा प्रवेश गरे उनी यी चारभन्दा माथि हुनेछन् ।
गत स्थानीय निर्वाचनमा विवेकशील साझाले सोचेजस्तो परिणाम नल्याएपछि मिश्रले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
पछिल्लो समय मिश्र वैचारिक रुपमा राप्रपासँग नजिक देखिएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया