प्रदेशसभाको सिट बाँडफाँट टुंग्याउन कार्यदल बैठक बस्दै
काठमाडौं । सत्तासाझेदार पाँच दलले प्रदेशको प्रत्यक्षतर्फको सिट बाँडफाँट गर्न आजदेखि छलफल गर्ने भएका छन् ।
प्रतिनिधिसभाको १६५ क्षेत्रको भागबण्डा करिब टुंग्याएका सत्तासाझेदार दल आजदेखि प्रदेशसभाको सिट बाँटफाँटमा केन्द्रित हुन लागेका हुन् ।
प्रतिनिधिसभाको सिट बाँडफाँटकै आधारमा प्रदेशको टुंगो लगाउने तयारी गरिएको नेताहरूले बताएका छन् ।
सत्तागठबन्धन दलले आगामी मंसिर ४ का लागि तय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक तोकिएको बैठकले प्रतिनिधिसभातर्फ मोटामोटी सहमति कायम गरे पनि अझै टुंगो लगाउन सकेका छैनन् । यहीबीच प्रदेशसभाको सिट बाडँफाट विषयमाथि कार्यदलले छलफल गर्न लागेको हो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको समय असोज २३ का लागि तोकेकाले गठबन्धन दल भागबण्डा टुंग्याउने दबाबमा छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया