धनकुटामा माओवादी केन्द्रका नेताहरूले गरे विद्रोह, भण्डारीद्वारा उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा (माओवादी केन्द्र), धनकुटाका नेताहरुले सामुहिक पार्टीबाट विद्रोह गरेका छन् ।
आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने भएपछि उनीहरूले विद्रोह गर्दै आइतबार सामुहिक राजीनामा घोषणा गरेका छन् ।
पार्टीका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुले राजीनामा दिएका हुन् ।
राजीनामा दिएसँगै भण्डारीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीका निवर्तमान जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दै भण्डारीको उम्मेदवारीलाई समर्थन गरेको जनाएका छन् ।
धनकुटामा एउटैमात्र संघीय निर्वाचन क्षेत्र छ । जहाँ कांग्रेसबाट सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दाबी गरेका छन् ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया