NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदशसभा निर्वाचनका लागि सेना परिचालनको स्वीकृति दिएकी छिन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।

राष्ट्रिय सुरक्षा परिषद्को भदौ १७ गतेको बैठक एवम् मन्त्रिपरिषदको भदौ २७ गतेको सिफारिस तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्रका आधारमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम निर्वाचनका दिन राष्ट्रपति भण्डारीले सेना परिचालनको स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।