भोजपुरमा निर्वाचन खर्च नबुझाउने ६ सय ८४ जना कारबाहीमा
भोजपुर । भोजपुरबाट स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने ६ सय ८४ जना कारबाहीमा परेका छन् । निर्वाचन आयोगले तोकेको समयमा खर्च विवरण नबुझाउने कारबाहीमा परेका हुन् ।
भदौमा सूचना प्रकाशन गरेर सात दिनभित्र स्पष्टिकरण माग गरिएकोमा चित्त नबुझेपछि ऐन अनुसार जरिवाना तोकिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । आयोगले तोकेअनुसारको जरिवानाबापतको रकम बुझाएमा राज्य कोषमा अध्यक्ष, उपाध्यक्षबाट ५६ लाख र गाउँपालिका वडाध्यक्षसहित अन्य सदस्यबाट ६ करोड ९९ लाख राजस्व संकलन हुने देखिन्छ ।
एक सय ९७ जना नगरपालिका वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्यले निर्वाचन खर्च नबुझाएको कार्यालयले जनाएको छ ।त्यस्तै नगरपालिका प्रमुख, उपप्रमुख उम्मेदवार बनेका पाँच जनाले पनि खर्च विवरण बुझाएका छैनन् ।
नगरपालिका प्रमुख, उपप्रमुखका उम्मेदवारबाट २२ लाख ५० हजार र नगरका वडाध्यक्ष तथा अन्य सदस्यबाट तीन करोड ३९ लाख जरिवाना उठ्ने आयोगले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया