रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दै
काठमाडौं । रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दै छन् । पार्टी प्रवेश कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना हुँदैँछ ।
मिश्रले राप्रपाको कुन पद पाउने भन्ने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन । मिश्रले राप्रपासँग सह-अध्यक्षको वरीयता मागेको बताइन्छ ।
यसभन्दा अघि असोज १० गते राप्रपाले रवीन्द्र मिश्र समूहलाई पार्टीमा भित्राउने निर्णय गरेको थियो ।
नयाँ राजनीतिक शक्ति निर्माण गर्ने भन्दै बिबिसी नेपाली सेवाबाट अलग भएर विवेकशील साझा पार्टी निर्माण गरेका मिश्र अहिलेको व्यवस्थाले राष्ट्रियता कमजोर हुने भन्दै राजसंस्थाको पक्षमा खुलेपछि उनको दलभित्र विग्रह आएको थियो । छिन्नभिन्न स्थितिमै वैशाख ३० को स्थानीय तह निर्वाचनमा सहभागी विवेकशील साझाले लज्जास्पद हार बेहोरेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया