NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

पूर्वप्रधानमन्त्री खनाललाई कानुनविपरित राज्यकोषबाट थप २० लाख रूपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई औषधी उपचारवापत फेरि राज्यकोषबाट २० लाख रूपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गत ३१ भदौमा बसेको बैठकले खनाललाई उपचार खर्चवापत सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

‘पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई औषधी उपचारबापत बीस लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख गरिएको छ ।

गतवर्ष दुबै मिर्गौलामा समस्या देखिएपछि खनाल उपचारको लागि भारतको एपोलो अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनको मृगौला प्रत्यारोपण गरिएको थियो । त्यतिबेला तत्कालिन ओली नेतृत्वको सरकारले उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो ।

खनालले आर्थिक रूपमा सम्पन्न हुँदाहुँदै उपचारको लागि राज्यको ढुकुटी दुरुपयोग गरेको भन्दै तिब्र आलोचना भएको थियो । मृगौला प्रत्यारोपणका लागि लामो समयसम्म भारतको एपोलो अस्पतालमा उपचार गराएर उनी नेपाल फर्किएका हुन् ।

ओली सरकार विस्तपित भएसँगै गतवर्ष शेउवा नेतृत्वको सरकारले कानुन विपरित खनाललाई ३० लाख निकासा गर्ने निर्णय गरेको थियो ।

तर २ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ उल्लेख छ ।

यसअघि पनि सरकारले नेता खनालको उपचारका लागि दुईपटक गरी ५८ लाख ५३ हजार रूपैयाँ निकासा भइसकेको छ । राजनीतिक प्रभावमा पार्टीका नेता तथा राज्यका पूर्वपदाधीकारीले विदेशमा उपचार गराएबापत उपचार खर्च उपयोग गर्दा राज्यको ढुकुटीमाथि अनावश्यक भार परेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष